Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकको नाफा ४५.४३ प्रतिशत र ईपीएस ८ रुपैयाँ ४० पैसाले बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । यही कारण पनि बैंकको नाफा बढ्न पुगेको हो । 

बैंकले प्रकाशित गरेको विवरण अनुसार खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यता खुद फि तथा कमिसन आम्दानी पनि ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, नाफासँगै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ८ रुपैयाँ ४० पैसाले बढेर २५ रुपैयाँ ७६ पैसाबाट ३३ रुपैयाँ ८९ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ३३ रुपैयाँ ९० पैसा छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK