×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, सलगम ७० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, मटरकोशा ६०, मकै बोडी ९०, तितो करेला ४०, परवल ९०, भटमासकोशा १९०, पाकेको फर्सी ४५, भिण्डी ९० तथा स्कूस ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

मंगलबारको तुलनामा बुधबार तरकारीको मूल्य केही सस्तिएर आएको छ । आज चमसूरको साग १००, पालुंगो साग १००, रायोको साग ३०, तोरीको साग ३०, हरियो प्याज ६०, कन्य च्याउ १४०, डल्ले च्याउ ४००, ब्रोकाउली ९०, कांक्रो ६०, भन्टा लाम्चो ५०, प्याज सुकेको ३४, हरियो फर्सी ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ ।

त्यस्तै,फूजी स्याउ २५०, केरा दर्जनको १३०, कालो अंगुरको २५० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ५००, मौसम १५०, जुनार २२०, किवि ४००, तरबुजा (हरियो) ३५ तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी