काठमाडौं । खल्ती डिजिटल वालेट र थापाथली क्याम्पसबीच शुल्क भुक्तानी डिजिटल प्रणालीबाट गर्ने सम्झौता भएको छ । यस सुविधा अन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीहरूले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन् ।
खल्तीसँग साझेदारीको सुरुवात गरी थापाथली क्याम्पसले डिजिटलाइजेसनमा एक कदम अगाडि बढाएको छ । साथै यसले विद्यार्थी, संकाय र कर्मचारीहरुको अनुभव सहज बनाउँदै लाने क्याम्पसको विश्वास रहेको छ। थापाथली क्याम्पसमा शुल्क भुक्तानी गर्न, प्रयोगकर्ताहरूले निम्न उल्लेखित तरिका भुक्तानी गर्न सक्नेछन् :
१. खल्ती एपको होम पेजमा जाने
२. ‘स्कूल/कलेज फि’ सेक्शनमा जाने
३. ‘कलेज’ सेक्शन छनौट गर्ने
४. ‘थापाथली क्याम्पस’ मा ट्याप गर्ने
५. भुक्तानी प्रकार र लेवेल छनौट गरि फारम भर्ने
६. भुक्तानी प्रकृया छनौट गरी भुक्तानी अगाडि बढ्ने
यस साझेदारीको बारेमा बोल्दै, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने,’ हामी थापाथली क्याम्पससँग साझेदारी गरी झन्झटमुक्त र सुरक्षित शुल्क भुक्तानीको सुविधा प्रधान गर्न पाउँदा उत्साहित छौं । यो साझेदारीले अन्य शैक्षिक संस्थाहरूलाई पनि डिजिटलाइजेसन प्रति प्रोत्साहित गर्न र प्रयोगकर्ताको अनुभव अझ राम्रो गर्ने कुरामा हामी बिश्वस्त छौँ ।’