Skip to content
LAXMI SUNRISE BANK

बिहिबार १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहिबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ८ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK