काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न खोज्नेलाई पनि कार्वाही हुनुपर्ने बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा ‘हाई–प्रोफाइल’का व्यक्तिहरु पक्राउ पर्न थालेका बेला नेता थापाले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नक्कली शरणार्थी बन्नका लागि रकम बुझाउनु पनि गैरकानुनी भएको भन्दै त्यसमा संलग्नलाई पनि पक्राउ गरी कार्वाही गर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्– ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ ।’
त्यस्तै, उनले नक्कली शरणार्थी बन्नका लागि रकम बुझाउनेहरुलाई पीडित भन्न नमिल्ने बताउँदै उनीहरुको रकम जफत गरेर तत्काल पक्राउ गरी पूर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको कार्वाही अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
सोही प्रकरणमा प्रहरीले पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ ।
यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो । प्रहरीले पूर्वउप्रधानमन्दी रायमाझीसहित इद्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्