काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीविरुद्ध अदालतले तीन दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीविरुद्ध थप अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिएका छन् । ‘रायमाझ विरुद्ध तीन दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले उनी विरुद्ध तीन दिनको म्याद थप गरेको हो ।’, उनले भने, ‘उनीविरुद्ध अब थप अनुसन्धान हुन्छ ।’
प्रहरीका अनुसार रायमाझीविरुद्ध संगठित अपराध तथा ठगी मुद्या अन्तर्गत अनुसन्धान भइरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न भएको अभियोगमा उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि उनलाई बिहीवार बिहान काठमाडौं ल्याइएको हो ।
बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो ।
प्रहरीले पूर्वगृहमन्त्री थापाका छोरा प्रतिक थापा र उनका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्