काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आइतबारकै आन्तरिक निर्णयलाई औपचारिकता दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा नजाने र समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।
यता पार्टीभित्र साना दलहरु मिलेर सरकार बनाउने कसरत गर्नेगरी तयारी गर्ने ‘आन्तरिक निर्णय’समेत रास्वपाले गरेको छ ।
केहि दिन अघि नेकपा एमालेले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि पार्टी सभापति रवि लामिछानेले समर्थन जुटाउने कसरत गरेका थिए ।