×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूचनाको ढाँचा मिलेन भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न रिट, अदालतद्धारा लिखित जवाफ माग

LAXMI SUNRISE BANK

सूचनाको ढाँचा मिलेन भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न रिट, अदालतद्धारा लिखित जवाफ माग

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा उच्च अदालत पाटनले नेपाल धितोपत्र बोर्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

लाइसेन्स वितरणका लागि सूचना अह्वान गरिएको फैसला कानुनविपरित भएको र सूचनाको ढाँचा पनि नमिलेको भन्दै अन्तरिम आदेशमार्फत प्रक्रिया रोक्न परेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र आवेदन दिएका तीन कम्पनीको नाममा आदेश जारी गरेको हो ।

अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया रोक्न शिखर बिजनेश म्यानेजमेन्ट कम्पनीमार्फत रिट दायर गरिएको थियो । उक्त रिटमा न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी