Skip to content
LAXMI SUNRISE BANK

दशैँको मुखमा विपत्तीः सडक नै भासिएपछि राजमार्ग खुलाउन गलौँदीमा यसरी काटिँदैछ भित्तो… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । पृथ्वी राजमार्गको गजुरी गाउँपालिका-५ गलौँदीमा सडक भासिँदा पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि पूर्ण अवरुद्ध छ । गजुरीबाट काठमाडौँतर्फ पाँच किलोमिटर टाढा ७० मिटर लम्बाइ र ४ मिटर सडक भासिएको नागढुंगा-मुग्लिन सडक योजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरले बताए । 

भित्तासम्मै चर्किएको र तत्काल बाटो खुलाउनुपर्ने भएकाले पाँच वटा एक्साभेटर, दुई वटा लोडर, ६ वटा टिप्पर प्रयोग गरेर ब्याक कटिङ थालिएको उनले बताए । 

राजमार्गमाथि गाउँ जाने शाखा बाटो रहेकाले सबै भित्ता कटिङ गर्न नमिलेको उनले सुनाए । ‘बेलुकासम्म एकातर्फी भएपनि खुल्ने योजनामा छौँ । शाखा बाटो रहेकाले त्यसलाई पनि बचाउने हिसाबले गरिरहेका छौँ । सुरूमा एक लेन र सकेसम्म भोलि दुईतर्फी खुलाउने प्रयास रहन्छ ।’, उनले भने । 

दशैँको समयमा राजमार्ग अवरुद्ध हुँदा घर जाने यात्रुलाई मर्का परेको छ । गत भदौ १० मा भोटेकोशी हुँदै आएको बाढीपछि त्रिशूली नदीले कटान गर्दा राजमार्गमा सडक भासिने समस्या बढेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK