×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरद्धारा अव्यवस्थित तारको ‘जालो’ हटाउन सुरु

PRIME CA
GLOBAL IME BANK

महानगरद्धारा अव्यवस्थित तारको ‘जालो’ हटाउन सुरु

२५ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरपालिकाभित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार काट्न सुरु गरेको छ ।

सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो । आइतबार बसेको काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिबीचको संयुक्त बैठकले सडकमा टाँगिएका अव्यवस्थित तार काट्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार महानगरपालिकाले सोमबार बिहानैदेखि माइतीघर मण्डला आसपासका सडकस्थित पोलमा टाँगिएका इन्टरनेट, टेलीफोन लगायतका तार काट्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । पाण्डेका अनुसार सोमबार दिनभर महानगरले माइतीघर क्षेत्र आसपास र न्युरोडका सडकमा टाँगिएका अव्यवस्थित तार हटाउने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: