×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुँजीबजारमा एनआरएन भित्र्याउने धितोपत्र बोर्डको तयारी, नियमावलीको मस्यौदा बनाउन समिति गठन

PRIME CA

पुँजीबजारमा एनआरएन भित्र्याउने धितोपत्र बोर्डको तयारी, नियमावलीको मस्यौदा बनाउन समिति गठन

२७ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा गैर आवसीय नेपाली भित्र्याउन अध्ययन समिति गठन गरेको छ ।

गत चैत्र १९ गतेको सञ्चालक बोर्डको निर्णयबाट चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको बोर्डले जनाएको छ । उक्त समितिमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डका उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।

बोर्डका अनुसार उक्त समितिले तीन महिना भित्र गैर आवसीय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ । योसँगै उक्त समितिले बोर्डमा पेश गरिएको नियमावली कार्यान्वयका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्ने बोर्डले जनाएको छ ।

यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष (Demand Side) बलियो हुने, बजारको अस्थिरता (Volatility) कम भइ मूल्य जोखिम (Price Risk) कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: