काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।