×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इङवा हाईड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख २६ हजार ८ सय ६३ जना आवेदकले पाए सेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इङवा हाईड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख २६ हजार ८ सय ६३ जना आवेदकले पाए सेयर

Artha Sarokar

२७ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इङवा हाईड्रोपावर लिमिटेडको वैशाख २७ गते आइपिओ बाँडफाँड भएको छ । सो सेयरमा १ लाख २६ हजार ८ सय ६३ जना सर्वसाधारणले गोलाप्रथामार्फत् सेयर हात परेका छन् । जसमा ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात परेका हुन् ।

उक्त आइपिओमा कुल १२ लाख ३ हजार ९ सय ९५ जनाले आवेदन दिएकोमा ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले जनाएको छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, इङवा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट http://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी