×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से परिसूचक, ७२ करोडमाथिको कारोबार हुँदा नेप्से १८१८.३१ बिन्दुमा

PRIME CA
GLOBAL IME BANK

झिनो अंकले घट्यो नेप्से परिसूचक, ७२ करोडमाथिको कारोबार हुँदा नेप्से १८१८.३१ बिन्दुमा

१ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६६ कम्पनीको २३ लाख ४१ हजार २ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ४ लाख ६७ हजार ४ सय ६९ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, राप्ती हाइड्रो एण्ड जेनेरल, सिभिल लघुवित्त वित्तिय संस्था, नयाँ सारथी लघुवित्त र तेर्हथुम पावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ४ लाख ६७ हजार ४ सय ६९ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, प्रभु बैंक लिमिटेड, शिवम् सिमेन्ट र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरमा यस्तो गिरावट आउँदा बाराही हाइड्रोपावर, कुमारी इक्वटी फण्ड, इस्टर्न हाइड्रोपावर र विन नेपाल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: