×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

`लाज पचेका´ टोपबहादुर : कानुनको धज्जी उडाएर भागे, प्रहरीले समातेपछि हिरोझैँ पोज ! (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

`लाज पचेका´ टोपबहादुर : कानुनको धज्जी उडाएर भागे, प्रहरीले समातेपछि हिरोझैँ पोज ! (फोटो-कथा)

१ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी आइतबार सरकारी वकिलको कार्यालयमा हँसिलो मुद्रामा देखिए ।

आइतबार राती काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई म्याद थपका लागि अदालत लैजानुअघि प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको थियो । तर, त्यहाँ उनी हँसिलो मुद्रामा प्रस्तुत भए । यतिमात्र होइन, उनले ‘सेलिब्रेटी’ झैँ हातै हल्लाएर मुस्कुराउँदै अभिवादन पनि गरे ।

अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको पक्रिया पूरा गर्न लगिएका बेला रायमाझीको उक्त ‘सेलिब्रेटी पोज’ले धेरैलाई दंग बनायो । हाल उनको उक्त ‘पोज’ सामाजिक सञ्जालमा भाइरल छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। अहिलेसम्म टोपबहादुर रायमाझीसहित १३ जना पक्राउ परेका छन्। उनीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन् ।

रायमाझीको ‘सेलिब्रेटी पोज’ फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: