×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफूखुसी शुल्क वृद्धि नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

PRIME CA

आफूखुसी शुल्क वृद्धि नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

२ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफूखुसी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आफूखुसी शुल्क वृद्धि गरेको गुनासो बढ्न थालेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । योसँगै अब इन्टरनेट सेवा प्रदायक कम्नीहरुले आफूखुसी शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।

पछिल्ला दिन केही सेवा प्रदायकले प्राधिकरणकै निर्देशन भन्दै सेवा शुल्क वृद्धि गरेका छन् । तर, प्राधिकरणले भने महशुल बढ्ने गरी कुनै पनि निर्णय र सूचना नभएको जनाएको छ । शुल्क÷महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: