काठमाडौं । पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँ घटेर आएको हो ।
मंगलबार प्राप्त नयाँ मूल्यसूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य ९ रुपैयाँ ५२ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै, डिजेलको मूल्य भने ८ रुपैयाँ १३ पैसाले घटेर आएको निगमले जनाएको छ ।
आईओसीले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार मंगलबार आईओसीले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने नेपालमा उपभोक्ता मूल्य घटाउने विषयमा कुनै पनि निर्णय भने गरेको छैन । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउनेबारे निर्णय गर्ने निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्