काठमाडौं । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले जेष्ठ ०२ गते मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त ले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरी शाखा समुद्धघाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर शाखा खोल्न सुझाव दिए र यस शाखाले नाफा मुखी मात्र नभएर सहज ,शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरेका थिए ।
साथै विशिष्ठ अतिथि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बैंकहरुलाई दुर्गम लक्षित सेवा बढाउन आग्रह गर्दै सुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रमुख अथिति, विशिष्ठ अतिथि, विशेष अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा पहिलो निक्षेपकर्ता मोतीसीहं भण्डारी र पहिलो Business Partner न्यू बराल किराना पसल (प्रो. खगीसरा रानामगर) लाई सम्मान गरिनुका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथिलाई नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले मायाको चिनो प्रदान गरेकी थिइन् ।
उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख विश्वराज भण्डारीले स्वागत मन्तब्य दिएका थिए भने कर्णाली समयका पत्रकार राकेश पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्