काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६६ कम्पनीको २५ लाख ७७ हजार २ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ४६ लाख ५८ हजार ६ सय ८५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबार सेयर बजारमा आत्म्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इस्टर्न हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तिय संस्था, सहस उर्जा लिमिटेड र पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ५ करोड ४६ लाख ५८ हजार ६ सय ८५ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल दूरसंचार कम्पनी, एनआईसी एशिया बैंक, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, माई खोला हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबार सेयर बजारमा माई खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । माई खोलाको सेयरमा यस्तो गिरावट आउँदा युनिक नेपाल लघुवित्त वित्तिय संस्था, ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, १०.५% नेपाल इन्भेस्टमेन्ट डेबेञ्चर २०८२ र मेगा म्युचुअल फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्