×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

Artha Sarokar

५ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १-१ थान प्रहरी बिट निर्माण गरेको छ ।

जेष्ठ ३ र ४ गते आयोजित छुट्टाछट्टै कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन् । चुरे गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री खगेन्द्र खडायतको उपस्थिति रहेको थियो ।

साथै, डडेल्धुरामा आयोजित सो कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टको उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरेका हुन् । प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको यो सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी