काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनी संचालक समितिको वैशाख २७ गते बसेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बिमा प्राधिकरणमा पेश भएको थियो । नियामक नेपाल बिमा प्राधिकरणबाट जेठ ५ गते यसमा स्वीकृति प्रदान भएको यियो ।
आइजीआई प्रुडेन्सियल कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकमा नवनियुक्त सीइओ श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गराए ।