×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै

PRIME CA

आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै

अर्थ सरोकार

१४ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: