काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सोमबार ( जेठ १५ गते) सार्वजनिक हुँदैछ । बजेट संघीय संसद भवन बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक हुन लागेको हो ।
बजेटका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ । हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।