Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९२ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९२ हजार २ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK