काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिमा गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।
सदाबहार दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड देखि आशीष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ-आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपिदिएको थियो ।
सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौँ विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । दिउँसो केही गर्मी भए पनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरुमा गाउँदै नाचेका थिए ।
द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो। द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतहरुका साथ दर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो। धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगर बासीलाई नचाए ।
त्यस्तै, लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्याप गीतले सांगितीक कार्यक्रम झनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरुको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो ।
‘रमाऔँ सधैँ सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाईभमार्फत जोडिएर खुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि रहेको थियो ।
यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाण्डौको दरबारमार्गमा एनसेल प्रिजेन्टस १६ औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्