काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । सोही क्रममा अर्थमन्त्रीले मुलुकको साधारण खर्च मात्रै १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताएका छन् ।
मुलुकको अर्थतन्त्रमा संरचनात्मक तथा केही नीतिगत समस्या रहेको उल्लेख गर्दैै अर्थमन्त्री महतले रूस-युक्रेन युद्धले आपूर्तिमा असर गरेको उल्लेख गरेका छन् ।
उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताउँदै अर्थमन्त्री डा.महतले मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको बताएका छन् । त्यस्तै, पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत अर्थमन्त्रीको भनाई रहेको छ ।