Skip to content
LAXMI SUNRISE BANK

त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने

अर्थ सरोकार

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्रीका अनुसार सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने भएको हो ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK