×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट फर्किएकाले जुनसुकै टीभी ल्याए पनि भन्सार नलाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेशबाट फर्किएकाले जुनसुकै टीभी ल्याए पनि भन्सार नलाग्ने

Artha Sarokar

१६ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले स्वदेश फर्किदा जुनसुकै आकारको टिभी ल्याए पनि भन्सार नलाग्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले रोजगारीका लागि विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै टीभीमा पनि भन्सार नलाग्ने भएको हो ।

यसअघि वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो । ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो । तर, अब भने विदेशबाट फर्किदा जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी