काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो कारोबारको दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७५ कम्पनीको ७० लाख ७४ हजार २ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड २४ लाख ८१ हजार ९ सय ४३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबार सेयर बजारमा आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा बिपीडब्लु लघुवित्त वित्तिय संस्था, गरिमा डेबेञ्चर २०८५, जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंक, मेगा म्युचुअल फण्ड-१ र १२% गुडविल फाइनान्स लिमिटेड डेबेञ्चर २०८५ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २१ करोड २४ लाख ८१ हजार ९ सय ४३ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ग्लोबल आइएमई बैंक लिमिटेड प्रमोटर सेयर, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रकचर बैंक र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबार सेयर बजारमा स्वेत-गंगा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । स्वेत-गंगा हाइड्रोपावरमा यस्तो गिरावट आउँदा सिटिजन्स म्युचुअल फण्ड-१, सामुदायिक लघुवित्त वित्तिय संस्था, सयपत्री हाइड्रोपावर र आदर्श लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्