×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्टक लाइसेन्सबारे बोर्ड अध्यक्ष हमालको खुलासाः ‘सरकारको निर्देशन केही समय रोकेर हेरौँ भन्ने हो, गर्दै नगर्ने भन्ने होइन’

PRIME CA

स्टक लाइसेन्सबारे बोर्ड अध्यक्ष हमालको खुलासाः ‘सरकारको निर्देशन केही समय रोकेर हेरौँ भन्ने हो, गर्दै नगर्ने भन्ने होइन’

१८ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार सुधारमा ‘कोषेढुंगा’ साबित हुन्छ भनिएको स्टक लाइसेन्सको प्रक्रिया छिट्टै अघि बढ्ने दाबी गरेका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केटक टक’मा बोल्दै उनले तत्कालका लागि रोकिएको उक्त प्रक्रिया पुनः सुरु हुने दाबी गरेका हुन् ।

नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने काम बजारको भविष्य सुनिश्चितताका लागि गर्नैपर्ने भएकोले ढिलोचाँडो निरन्तरता पाउने अध्यक्ष हमालले बताए । ‘बजारको भविष्य सुनिश्चितताका लागि यो एकचोटी गर्नैपर्ने हुन्छ । कति चाँडो हुन्छ भन्ने कुरामा प्रश्न उठ्न सक्छ । तर, यो गर्दै नगर्ने भन्ने चाहिँ होइन । अहिलेको सरकारको निर्देशन पनि केही समय रोकेर हेरौँ भन्ने हो, गर्दै नगर्ने भन्ने होइन ।’

त्यस्तै, अध्यक्ष हमालले आफूले अघि बढाएको लाइसेन्स वितरणको प्रक्रिया पूर्ण रुपमा स्वच्छ र पारदर्शी भएको बताएका छन् । नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने कुरा पूर्ण रुपमा बजारको भविष्यका लागि भएको र बाहिर चलेको हल्लाजस्तो यसमा कुनै पनि स्वार्थ नभएकोले यो स्टक लाइसेन्सको प्रक्रिया कुनै पनि हालतमा सुरु हुने अध्यक्ष हमालले बताएका छन् ।

पूँजी बजारको वर्तमान अवस्था र समसामयिक विषयमा गरिएको संवादको पूणै अंश भिडियोमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: