काठमाडौँ । मनिराम ज्ञवालीको नामबाट फेक विज्ञप्ति भाइरल भएपछि यसबारे उनी बोलेका छन् । उनले सामाजिक संजालमा फैलिएको आफ्नो हस्ताक्षर भएको विज्ञप्ति फेक रहेको बताएका हुन् । उनले आर्थिक र सामाजिक रुपमा शोषण गर्न पल्केकाहरुले नक्कली विज्ञप्ति जारी गरेको बताएका हुन् ।