×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो जितको सुरुवात हो, पूर्ण रुपमा अझै जितेका छैनौँ’

PRIME CA

‘यो जितको सुरुवात हो, पूर्ण रुपमा अझै जितेका छैनौँ’

२१ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सेयर गुरु सुवासचन्द्र भट्टराईले आर्थिक विधेयकको २९ नम्बर बुँदा हटाउने सहमतिसँगै जितको सुरुवात भएको बताएका छन् । भट्टराईले लगानीकर्ताको मागमध्येको २९ नम्बर बुँदा हटाउने अर्थमन्त्रालयको सहमतिसँगै लगानीकर्ताको संघर्ष जिततर्फ उन्मुख भएको बताएका हुन् ।

लगानीकर्ता र अर्थमन्त्रीसँगको वार्ता सफल भए पनि यो जित पूर्ण नभएको भट्टराईको भनाई छ । ‘हामीले जितेका हौँ तर हामीले पूर्ण रुपमा जितेको होइन ।’, उनले भने, ‘यो आंशिक जित हो । हाम्रो दाबी आर्थिक विधेयकको २६ र २७ नम्बर बुँदा पनि हो तर हाल २९ नम्बर बुँदामात्रै सम्बोधन भएको छ ।’

आफूहरुको मागमध्येको २६ र २७ नम्बर बुँदाप्रतिको विमति अझै पनि कायम रहेकोले जित अझै बाँकी रहेको भट्टराईले बताएका छन् । ‘अहिले २९ नम्बर बुँदा मात्रै हटेको हो । हाम्रो विमति भनेको बुँदा नम्बर २६ र २७ मा पनि हो । तर, अर्थमन्त्रीसँगको वार्तामा अर्थमन्त्रीले तपाईहरु २६ र २७ को सरोकारवाला होइन, सरोकारवाला भएका आउनुस् भनेपछि थप जोड गर्न सकिएन ।’, उनले भने, ‘अब २६ र २७ नम्बर बुँदाका लागि बैंकर्स एसोसियसन गएर अर्थमन्त्रीसँग वार्ता गर्नुहुन्छ ।’

तथापी लगानीकर्ता र अर्थमन्त्रालयबीचको सहमतिले सेयर बजारलाई थप धरासायी हुनबाट जोगाएको भट्टराईले बताएका छन् । यसले लगानीकर्ताको संघर्षलाई जिततर्फ उन्मुख गराएको उनको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: