काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७७ कम्पनीको ५६ लाख २० हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबार सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, गोर्खाज फाइनान्स, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, मानुषी लघुवित्त वित्तिय संस्था र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबार सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट सेयरको भएको छ । यस कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, चिलिमे हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सोल्टी होटल र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबार सेयर बजारमा शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो । शिवम् सिमेन्टमा यस्तो गिरावट आउँदा जोशी हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स वित्तिय संस्था, कालिका लघुवित्त वित्तिय संस्था र बरुण हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्