काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति विवरण पेश नगर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ । पहिलोपटकको सूचनामार्फत विवरण माग गरे पनि विवरण नबुझाउने विद्यालयको नाम सार्वजनिक गरिएको महानगरले जनाएको छ ।
शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई नियम अनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्ति विवरणको विवरण पठाउन महानगरपालिकाले विद्यालयहरुलाई गत १९ जेठमै निर्देशन दिएको थियो । महानगरको सूचना अनुसार मातहतका विद्यालयहरुले गत जेठ १५ भित्रै छात्रवृत्ति वितरणको विवरण महानगरपालिकामा पेश गर्नु पर्ने थियो । तर, तीन सय ४२ विद्यालयले निर्देशन कार्यान्वयन नगरेको महानगरपालिकाको भनाई छ ।
पहिलो सूचना अटेर गर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै महानगरले पुनः दोस्रो सूचनामार्फत ६ दिनभित्र विवरण बुझाउन निर्देशन दिएको छ । निर्देशन अनुसार विद्यालयहरुले छात्रावृति वितरणको विवरण आगमी २८ जेठभित्र अनिवार्य रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।
दोस्रो पटकको सूचनालाई पनि अटेर गर्दै विवरण पेश नगर्ने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरिने महानगरपालिकाले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्