काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले कोशी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको बिरगंज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी ६ हजार भन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप-शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिव १००० जना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
२०८० साल बैशाख ७ गते विर्तामोडको सेन्ट्रल पोइन्ट होटल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ४०० जना, बैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा ४५० जना, बैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एण्ड पार्टी प्यालेसमा ५७० जना , बैशाख १६ गते बिरगंजको होटल शाह दरबारमा ४५० जना, बैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा ४६० जना, बैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा ५०० जना, जेठ ५ गते काठमाडौँको अनमोल ब्याङ्क्वेटमा ७०० जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा ३५० जना, जेठ ११ गते नेपालगंजको सुनाखरी रेस्टुरेन्टमा ३४० जना, जेठ १३ गते टिकापुरको होटल सिद्धार्थमा ३६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा ५५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा ५५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा ४०० जना गरि कुल ६,०८० जना अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।
जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा यस कम्पनीका संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचांकहरुमा अग्र पंङ्गतीमा रहेको हुनाले यस क्षेत्रमा बीमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेको बताए । सम्पूर्ण अभिकर्ताहरुलाई यस अवसरको अधिकतम सीप र ज्ञान हासिल गरी बीमा व्यवसाय विस्तार गर्न आग्रह गरे ।
साथै, कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय संचालनमा ल्याएको कुरा सहर्ष जानकारी गराएका थिए । यसबाट कम्पनीको विश्वसनियता बढी बीमा बजारको विकाशमा टेवा पुग्ने बताए ।
अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरुमा उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको क्षमताको विकाश गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको बताएका थिए ।
आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्