काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहिबार १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ७ सय ६५ रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।