काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजारको दरका जम्मा ३ अर्व रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका हुन् ।
उच्चतम प्रतिफल सहितको ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्