काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले जेष्ठ ११ गते बिहिबारका दिन सहयोग स्वरुप Semi Folding Bed, Normal Wheel Chair र IV Stand प्रदान गरेको हो ।
सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर-९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।