काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९६ हजार ६ सय २० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९६ हजार १ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।