Skip to content
LAXMI SUNRISE BANK

नागरिकता माग्दै माइतीघरमा आत्मदाहको प्रयास

अर्थ सरोकार

काठमाडौं । नागरिकता माग्दै माइतीघरमा प्रदर्शन गरिरहेका युवाले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार बिहानैदेखि नागरिकता माग गर्दै आन्दोलन गरिरहेका एक युवाले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताएका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा मंगलबार कामतले आत्मदाहको प्रयास गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK