×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंक २७औं वर्षमा प्रवेश, बार्षिकोत्सवको अवसरमा ६६ लाख बराबरको रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण

PRIME CA

नेपाल बङ्गलादेश बैंक २७औं वर्षमा प्रवेश, बार्षिकोत्सवको अवसरमा ६६ लाख बराबरको रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण

२३ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७औं बार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको IFIC बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सुबिधा दिदैं आएको छ ।
बैंकले अत्याधुनिक बैंकिङ सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई ६६ लाख बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने छ । आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकको २७ बर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहकहरु, शुभचिन्तक, सेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहकहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता पनि व्यक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: