काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले नयाँ ब्रोकर लाइसेन्स वितरण तथा सञ्चालन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
नेपाल धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि अर्थ समितिले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । यसअघि अर्थ समितिले जेठ २९ गते बसेको बैठकले नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
अर्थ समितिले गरेको उक्त निर्णयको चौतर्फी विरोधपछि अर्थ समितिले धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलपछि पुनः प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।