×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरले ५ सय नगर प्रहरी दरबन्दी थप्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौं महानगरले ५ सय नगर प्रहरी दरबन्दी थप्ने !

Artha Sarokar

१० असार २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनीता डंगोलले हाल ३ सय ३४ जना रहेको नगरप्रहरीको दरबन्दी पाँच सय पुर्याउने बताइन् ।

महानगरप्रहरीको नगर प्रहरी बलमा हाल पाँच जना उपरीक्षक, पाँच जना प्रहरी नायब उपरीक्षक, ३२ जना प्रहरी निरिक्षक, ३९ जना सई, २६ जना असई र ६० जना हवल्दार लगायत रहेका छन् ।

हाल महानगरमा स्वीकृत ३ सय ३४ जनाको दरबन्दीमध्ये १ सय ६२ जना नगर प्रहरी जवान रिक्त भएपछि करारमार्फत निजी कम्पनीमार्फत खटाइएको छ । अब भने महानगरले नगरप्रहरीको दरबन्दी बढाउने भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी