काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इण्डष्ट्रीज लिमिटेडबीच सम्झौता भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीज लिमिटेडबीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनको कार्य गर्ने, कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भूमिका निर्वाह गर्ने र संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौता पत्रमा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष जोशीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्कासनका लागि अनुमति माग गरिने कम्पनीले जनाएको छ ।