Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ सोमबार तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४४ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८०, तने बोडी १००, मकै बोडी ८०, घिउ सिमी लोकल ८०, राजमा सिमी ८०, भटमासकोशा ९०, मटरकोशा १८०, तितो करेला ६०, लौका ७०, परवल लोकल ६०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २००, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भईरहेको छ ।

तोरीको साग ४० हरियो लसुन ११०, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

यता, तरबुजा हरियो ८०, मलदह आँप ६०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फूजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK