काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं शाखाको रुपमा शाखा कार्यालय खरेन्द्रपुर, कपिलवस्तुको समुद्धघाटन भएको छ । असार ११ गते सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले शाखाको संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।
फाइनान्सको प्रमुख संचालन अधिकृत चूडामणि खनालले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक बिनोद कुमार सुबेदीको सभापतित्वमा शिवराज नगरपालिकाका मेयर प्रमुख अतिथि रहेको थिए । उक्त कार्यक्रममा मेयर अजय थापाले यस भेगमा बैंकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा बैंकिङ कारोबार गर्न स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पाई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा चन्दौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटा र वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँ लगायतले खरेन्द्रपुर क्षेत्रमा बैंकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै यस ठाउँका कतिपयलाई स्थानीयलाई कसरी बैंकिङ सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सोमा थप सहजीकरण गरी साक्षारताको विकास गर्दै बैंकिङ दायरमा ल्याई बैंकिङ सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिएका थिए ।
उक्त नयाँ शाखा सहित देशभरी फाइनान्सको शाखा सञ्जाल तेह्र वटा पुगेको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्