काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले सहकारीको समस्याप्रति चासो देखाएका छन् । पछिल्लो समय सहकारी भाग्ने र बचतकर्ताको बिचल्ली हुने क्रम बढेपछि मेयर शाहले सहकारीका बचतकर्तालाई सहकारीको ठगीबाट जोगिने ‘टिप्स’ दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिएका विवरण नबुझाउने सहकारीलाई विवरण बुझाउन ३० दिनको समय दिँदै मेयर शाहले सहकारीको ठगीबाट जोगिन विभिन्न १० आग्रह पनि गरेका हुन् ।
मेयर शाहले सहकारी संस्थाहरु बैंक नभएर यी संस्थाहरु सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण रहने हुँदा सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेको बताएका छन् । उनले सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुन र संस्थाको कारोबारको बारेमा नियमित रुपमा जानकारी लिन पनि बचतकर्तालाई आग्रह गरेका छन् । योसँगै नियमित रुपमा साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउन पनि मेयर शाहले आग्रह गरेका छन् ।
त्यस्तै, सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिन, बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्न, सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिन, कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्न, सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्न र सञ्चालक समितिका पदाधिकारीसँग नियमित संवाद र सम्पर्क राख्न मेयर शाहले बचतकर्तालाई आग्रह गरेका छन् ।
यस्तै, बालेनले आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिन र ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्न पनि सहकारीका सदस्य तथा बचतकर्तालाई आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्