काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले असार २८ गते एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यसअघि २४ गते एकीकृत कारोबार सुरु गर्ने तय भए पनि सरकारलाई २५ गतेभित्र कर तिरिसक्नुपर्ने हुँदा कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएपछि एकीकृत कारोबारको मिति २८ गतेका लागि तय भएको लक्ष्मी बैंकका सञ्चालक मनिस थापाले जानकारी दिएका छन् ।
हालसम्म दुवै बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति भने दिइसकेको छैन । राष्ट्र बैंकले आगमी दुई दिनभित्र मर्जरका लागि अन्तिम स्वीकृती दिने तयारी गरेको लक्ष्मीका सञ्चालक थापाले बताएका छन् । थापाका अनुसार राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै एकीकृत कारोबार सुरु गरिनेछ ।
यसो त दुवै बैंकको मर्जरपछि बन्ने नयाँ बैंकको नाम के राख्ने भन्ने विषय पन अझै टुँगो लागेको छैन । मर्जरप्रश्चात बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सम्झौता भए पनि नयाँ र प्रर्फमेन्सका आधारमा राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकको नाम लक्ष्मी बैंक नै राख्ने सम्भावना प्रवल रहेको बैंकका एक सञ्चालकले बताएका छन् ।
मर्जपश्चात् बन्ने नयाँ बैंकमा हाल लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह नियुक्त हुनेछन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।
दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्