काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय गंजभवानीपुर बाराले गढीमाई मन्दिरमा आवश्यक सामाग्री प्रदान गरेको छ । लघुवित्तले ११औं वार्षिकोत्सवको उपलक्ष्यमा २ वटा बेन्च, २ वटा डष्ट बिन तथा १ वटा ४×२ को ऐना गढीमाई मन्दिर ट्रष्टका अध्यक्ष राम चन्द्र साह तेलीलाई हस्तान्तरण गरेको हो ।
विश्व प्रसिद्ध रहेको गढीमाई मन्दिर दैनिक रुपमा हजारौँ श्रदालु भक्तजन आउने गरेको हुनाले सिभिल लघुवित वितीय संस्थाद्धारा श्रदालु भक्तजनहरुको थकाइ मेटाउन तथा आराम गर्नको लागि सामाजिक उतरदायित्व अन्तर्गत एउटा सानो भेट प्रदान गरेको जनाएको छ । संस्थाले आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सामाजिक काम गर्दै आइरहेको छ ।
गढीमाई मन्दिर ट्रष्टको अध्यक्ष राम चन्द्र साह तेलीले गढिमाई मन्दिरको प्राङगनमा राख्न आवश्यक सामाग्री हस्तानान्तरण गरेको संस्थालाई धन्यवाद दिएका छन् । उक्त कार्यक्रममा संस्थाको तर्फबाट विशिष्ट प्रमुख अनुगमन अधिकृत अनिल चौधरी, शाखा प्रबन्धक जितेन्द्र पासवान तथा कर्मचारी अवधेश कुमार यादव, निराजन कुशवाहा , महेश प्रसाद कुहवाहा तथा जयकरण साह उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्