काठमाडौं । दुवई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सप्तरी जिल्ला कन्चनरुप नगरपालिका वडा नं. ४ ठेलिया घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३२ वर्षीय बिरु पौडेल पक्राउ परेका हुन् ।
उनले विजय चौलागाईंलाई वैदेशिक रोजगारीका लागि दुबई पठाईदिन्छु आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी पिडितबाट रकम लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलिले उनलाई असार २० गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्